उपत्यकामा १४१६ जनासहित देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १४१६ जनासहित देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो ।  यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार […]

२४ घण्टामा विश्वमा ८ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ५७५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १० लाख ६४ हजार ८३८ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ३ करोड […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ७ हजार ४१६ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९२६ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ७९ हजार ४२३ पुगेको छ । […]

सरकार र डा.केसीबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । डा. गोविन्द के.सी. को १९ औं आमरण अनसनमा उठाएका माघमा सरकार र डा.केसीबीच सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । डा.केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएको थियो । संघले सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न […]

आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ ।  आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका […]

कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र १२ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंका १ महिला र २ जना पुरुष, […]

देशभर एकैदिन ५००८ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको […]

चिकित्सा सेवा सुधारको माग गर्दै चिकित्सक आन्दोलित

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले आन्दोलित भएका छन् । चिकित्सा सेवा सुधारको माग गर्दै अस्पतालमा कार्यरत सिनियर चिकित्सकहरु आन्दोलित बनेका हुन । आन्दोलित बनेका चिकित्सकले प्रतिष्ठानको सेवा सुधार गर्नुपर्ने, कोरोना संक्रमणविरुद्ध खटिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा गर्नुपर्ने, आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा […]

कर्णालीमा एकैदिन थपिए ३३ कोरोना संक्रमित

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका नयाँ संक्रमितमध्ये […]

२४ घण्टामा विश्वमा २ लाख ९८ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९८ हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । विश्वमा हालसम्म ९ लाख ९१ हजार २२४ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ३८० संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ ।