उत्तर कोरियाली नेता किमको मृत्युको समाचार किन आयो ?

सोल– उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरू सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरूले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको […]

भारतमा कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार नाघ्यो र १ हजार २१८ को मृत्यु

नयाँ दिल्ली– भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना […]

कोरोना अपडेटः विश्वभर एकै दिन ५ हजार ८०० को मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २ हजार २०० जनाको मृत्यु भएको छ । भारतमा […]

भारतमा थप दुई हप्ताका लागि लकडाउन घोषणा

नयाँ दिल्ली– भारतमा लागु भइरहेको लकडाउनको अवधि फेरी दुई हप्ता थप गरिएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्व्याउने निर्णय भएको शुक्रबार घोषणा गरेको हो । भारतमा यसअघि घोषणा गरिएको लकडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो । प्रकोप व्यवस्थापन ऐन […]

लकडाउन खोल्न मिसिगन राज्यको राजधानीमा बन्दुकसहित प्रदर्शन

संयुक्तराज्य अमेरिका– बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए । ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस […]

जापानमा आपत्काल अरू बढाउने तयारी

टोकियो– जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरू एक महिना थप गर्न लागेको स्थानीय संचार माध्यमहरूले बताएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो । प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन […]

कोरोना असर : अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले खुम्चिने अनुमान

वासिङ्टन– विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म) मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोनाभइरसको संक्रमण नियन्त्रण गर्नेक्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको उल्लेख छ । […]

भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली– भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ७१८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको […]

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

वासिङ्टन डिसी-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन्। बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पताल भर्ना भएका हुन्। उनीसहित अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ। तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना […]

भारतको केरलामा मास्क नलाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना

केरला, भारत– भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई रु पाँच हजार जरिवाना गरिने जनाएको छ । केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएको हो । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका हुन् । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिक […]