कोरोना नलाग्ने अन्धविश्वासका कारण विषाक्त रक्सी खाँदा ७ सयको मृत्यु

तेहरान– विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको सङ्ख्या सात सयभन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाको मृत्यु भएको अधिकारीले जनाएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो । गत फेब्रुअरी २० […]

गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ को मृत्यु

सोल– दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । स्थानीय समयानुसार मङ्गलबार राति १ः३२ सो आगलागी शुरु भएको थियो । राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी शुरु भएको बताइएको छ […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई रोक्ने आदेश जारी गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्नै भएका छन् । कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘अदृश्य शत्रूको आक्रमण र हाम्रा महान् अमेरिकी नागरिकको जागीरको रक्षा गर्नु आवश्यक रहेकाले अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा […]

उत्तर कोरियाली शासक किम जोङ ऊनको स्वास्थ्यमा गम्भीर खतरा देखियो

काठमाडौं- उत्तर कोरियाली शासक किम जोङ ऊन गम्भीर बिरामी भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले बताएको छ । अमेरिकी अधिकारीले गुप्तचरको सूचना अनुसन्धान गर्दा शल्यक्रियापछि किमको स्वास्थ्यमा गम्भीर खतरा देखिएको जानकारी दिएका छन् । किम अप्रिल १५ मा आयोजना भएको हजुरबुवाको जन्मदिनको कार्यक्रममा सरिक नभएपछि उनको स्वास्थ्यबारे चासो दिन थालिएको थियो । उनलाई अप्रिल ११ […]

क्यानाडामा अन्धाधुन्ध गोली प्रहारबाट १६ जनाको हत्या

टोरन्टो– क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए । क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा […]

एशियाली बजारमा तेलको मूल्यमा दुई दशकयताकै गिरावट

हङ्कङ– इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।   अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै […]

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २४ लाखभन्दा बढी, मृतकको संख्या १,६५,००० पुग्यो

जेनेभा– विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।   जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार सोमबार मध्यान्हसम्ममा अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४ […]

गुगल र फेसबुकले समाचार सामग्री प्रयोग गरेबापत पैसा तिर्नु पर्ने

ब्रिसबेन, अस्ट्रेलिया– अस्ट्रेलिया सरकारले गूगल र फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाका सामग्री प्रयोग गरेबापत आमसंचार माध्यमलाई भुक्तानी गर्नुपर्ने बताएको छ ।   अस्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडेनबर्गले अस्ट्रेलियाली संचार माध्यमका समाचार र अरु सामग्री प्रयोग गरेबापत गूगल र फेसबुकले भुक्तानी गर्नु पर्दछ र यससम्बन्धी कानुन ल्याइने बताएका छन् । उनले आगामी जुलाईसम्ममा अमेरिकी प्रविधि कम्पनीहरुका लागि लागू […]

कोरोना भाइरसः अफगान राष्ट्रपति कार्यालयका दर्जनौँ ‘कर्मचारी सङ्क्रमित’

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको विवरणहरूमा जनाइएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ। अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन। सतरी वर्षीय राष्ट्रपति गनीले […]

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार

टोकियो– जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ । यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण […]