क्यूबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

काठमाडौं– क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका ६८ वर्षीय छोरा क्यास्ट्रो डियाज बलार्टले हवानामा आफ्नै ज्यान लिएको क्युबाको स्थानीय संचार माध्यमले जानकारी दिएको छ । लामो समयदेखि डिप्रेसनको शिकार बनेका डियाज बलार्टको बिहीबार बिहान शव फेला परेको बीबीसीले जनाएको छ । ‘फिडेलिटो’ को नामले चर्चित डियाज पूर्व राष्ट्रपतिका जेठा छोरा हुन् । उनले आफ्नो पढाइ सोभियत […]

काबुल हमलामा मृत्यु हुनेको संख्या १०० पुग्यो

काबुल (एएफपी)– अफगानिस्तानको काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटनमा परी मृत्यु हुनेहरुको संख्या बढेर एक सय पुगेको छ । शनिबार भएको सो आतङ्ककारी हमलामा ९५ जनाको मृत्यु भएकोमा उक्त सङ्ख्या बढेर आइतबार १०० पुगेको बताइएको छ । त्यसैगरी सो घटनामा घाइतेको सङ्ख्या १६३ रहेको बताइएको छ । अफगानिस्तानका सरकारी अधिकारीहरुले सो जानकारी दिएका छन् । […]

दक्षिण कोरियाको अस्पतालमा लागेको आगोबाट ४१ जनाको ज्यान गयो, दर्जनौँ घाइते

सोल– अमेरिकाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । […]

इन्डोनेसियामा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जाकार्ता– इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयबाट नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । भूकम्पपछि प्रायःसुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका सरकारी कार्यालय भवनहरु […]

रोहिङग्यालाई बुधबारदेखि म्यानमार फिर्ता गरिँदै

याङ्गुन– (रासस/सिन्ह्वा)– हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीसँग छलफल गर्न लागेकी छन् । उनले उनीहरुको फिर्तीका लागि उक्त राज्यले अवलम्बन गर्नुपर्ने विशेष कार्यक्रमका बारेमा सल्लाह गरेको र त्यसका लागि आवश्यक कार्ययोजना पनि पारित गर्न लागेको बताइएको छ । म्यानमार र बङ्गलादेशका […]

पाँचतारे होटलमा भएको आक्रमणबाट छ जनाको मृत्यु

काबुल– अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा ताबिानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ । अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे […]

चीनमा दुई सन्तान जन्माउने अनुमति दिइए पनि जन्मदर बढेन

बेइजिङ (रासस/एपी)– चीनमा जन्म दर घटेको समाचार छ । चीन सरकारले यहाँका सबै दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ । चीनको राष्ट्रिय तथ््याङ्क विभागले दिएको जानकारीअनुसार चीनमा गत वर्ष जम्मा एक करोड ७२ लाख बच्चा जन्मिएका छन् । तर त्यसको अघिल्लो वर्ष अर्थात् सन् […]

आँगनमा खेलिरहेका आठ वर्षीय बालक गोली लागेर मारिएपछि…

लखनउ (रासस/एएफपी)– भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको समाचारले त्यस क्षेत्रमा ठूलो आश्चर्य भएको छ । बुधबार अपरान्हमा सो दुर्घटना भएको हो । आफ्नो हजुरबुवासँग खेलिरहेको उक्त बालकलाई अकस्मात गोली लागेको बताइएको छ । उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भए पनि प्रहरी घटनास्थलबाट निकै टाढा […]

रोहिङग्या शरणार्थीलाई बंगलादेशबाट म्यानमार फर्काइँदै

नेपित– म्यानमारका रोहिङग्या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ । म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइने सहमत भएको बताइएको हो । मङ्गलबार म्यानमारमा भएको दुवै देशका विदेशमन्त्रीको बैठकमा सो सहमति भएको थियो । नेपितमा भएको सहमति बमोजिम यी दुवै देश आगामी जनवरी २३ देखि शरणार्थीलाई […]

हप्तादिन अघिदेखि अझै जलिरहेको छ पानीजहाज

काठमाडौं– चीनको पूर्वी समुद्रमा एक हप्ता अघि पानीजहाज दुर्घटना भएपछि जल्न थालेको तेल ट्यांकर अझै पनि जलिरहेको छ । उद्धारकर्ताहरुले पानी जहाजका चालक दलका दुई सदस्यको शव र ‘ब्ल्याक बक्सको रेकर्डिङ यूनिट’ फेला पारेका छन् । तेल बोकेको पानी जहाज र कार्गो पानी जहाज आपसमा ठोक्किएपछि चुहिरहेको तेल र आगो अझै नियन्त्रण गर्न नसकिएको हो […]