सरकारमा बस्नुको औचित्य छैनः पूर्वप्रम डा भट्टराई

गोरखा । समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले डेढ वर्षको अवधिमा संविधान संशोधनमा चासो नदेखाएकाले सरकारमा बस्नुको औचित्य नरहेको बताएका छन् । बिहीबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँग संक्षिप्त प्रतित्रिया दिँदै आफ्नो पार्टी सत्ताको साझेदार नरहेको बताए । छिट्टै केन्द्रीय समिति बैठक बसी सरकारमा बस्ने र नबस्ने उपयुक्त निर्णय लिने उनको भनाइ […]

जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा राजपा कार्यकर्ताद्वारा तालाबन्दी

जनकपुरधामको कदम चोकस्थित बुद्ध एयरको नगर कार्यालयमा तालाबन्दी गरिएको छ। राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले बुद्ध एयरको नगर कार्यालयमा तालाबन्दी गरेका हुन्। मंगलबार बुद्ध एयरको काउन्टर तोडफोड गरेको भन्दै उजुरी परेपछि राजपा सांसद प्रमोद कुमार शाहलाई प्रहरीले पक्राउ गरेको थियो। साहलाई पक्राउ गरिएको विरोधमा राजपा कार्यकर्ताले बुद्ध एयरको नगर कार्यालयमा तालाबन्दी गरेका जनाइएको छ। सांसद साहको […]

यसरी सडकदेखि विमानस्थलसम्म चिनियाँ राष्ट्रपति सीको विदाइ

काठमडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । शनिबार साँझ पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा राष्ट्रपति सी स्वदेश फर्किँदा उनलाई ठाउँठाउँमा सर्वसाधारण तथा सरकारी कर्मचारीहरुले […]

सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको रिजालको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन् । तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दावी समेत गरे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले अन्य पार्टीमाथि ‘बाघ […]

प्रधानमन्त्रीको ‘सडक मानवमुक्त देश’को सङ्कल्पले अभियानकर्मी उत्साहित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता दिँदै यस अभियानमा सामेल हुन आह्वान गर्दै आउनुभएको छ […]

डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने खतरनाक योजना यसरी बिफल

दुई वटा ठूला कम्युनिष्ट पार्टी मिलेर चुनवा लड्दाको परिणाम आयो– नेपालमा वामपन्थीहरुको सुविधाजनक बहुमत । समाजवादी पार्टीलाई समेत साथमा लिएर दुई तिहाईको सरकार बन्यो । संसदीय चुनावमा गठबन्धन गरेर होमिएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकता भई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्यो । एकतापछि बनेको नेकपाका अध्यक्ष रहेका केपी शर्मा ओली दुईतिहाईको सरकार […]

कम्युनिष्टहरूले देखाए जात्रा, योगेशले बनाएको नियम प्रचण्डले तोडिदिए

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बनाएको नियम नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उल्लंघन गरिदिएका छन् । एक महिना अघि भट्टराईले विमानस्थलभित्र अति विशिष्ट व्यक्ति (भिभिआपी)लाई मात्र जहाजसम्म गाडी लिन दिने नियम लागू गराएका थिए । तर, उक्त नियम एक महिना नपुग्दै उल्लंघन भएको छ। मन्त्री भट्टराईको घोषणाअनुसार विमानस्थल कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति, […]

शाहीलाई उपचारका लागि काठमाडौँ पठाइयो

चितवन । गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आज यहाँ साङ्घातिक आक्रमण भएको छ । भरतपुरको चौविसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उहाँमाथि आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण […]

विप्लवका उपत्यका इन्चार्ज एंव पूर्वराज्यमन्त्री विश्वकर्मा जेल चलान

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ । विश्वकर्मा गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम […]

पूर्व राष्ट्रपति डा यादवको उपचार खर्च व्यहोर्न मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय

सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार खर्च व्यहोर्ने भएको छ । साथै उपचारसँग सम्बन्धित विल बमोजिमको रकम नयाँदिल्लीस्थित नेपाली दुतावासबाट भुक्तानी दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । उच्च पदमा आसिन र निवृतहरुलाई विदेशमा औषधी उपचार खर्च राज्यले व्यहोर्ने कुराको चर्को विरोध भ इरहेका बेला पूर्व राष्ट्रपति यादव फेरी […]