कतारको दोहाबाट आज १३८ नेपाली फर्किए

काठमाडौं । कतारको दोहाबाट भएको ४०औं उडानबाट आज १३८ नेपाली स्वदेश फर्कएका छन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको एन ए २३९२ नम्बरको उडानबाट ७ महिलासहित १३८ नेपाली बिहीबार स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुले राजदूतावासमा नेपाल फर्कने फाराम भरेर तथा विभिन्‍न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएकाहरु स्वदेश फर्कने क्रम जारी छ । हालसम्म कतारसबाट आठ हजार ५९८ नेपाली स्वदेश फर्किएको सीसीएमसीले जनाएको छ ।