उपत्यका ट्राफिकको भिडियो कन्फरेन्स

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक महाशाखा मातहतका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन सम्बोधन गरेका छन् ।

महाशाखाअन्तर्गतका ट्राफिक प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको ट्राफिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले उक्त भिडियो कन्फरेन्स गरिएको हो ।

निर्देशन सम्बोधनका क्रममा एसएसपी ढकालले ट्राफिक प्रहरी कर्मचारीहरुलाई कोरोना भाइरस सङ्क्रमणबाट बच्न सावधानी र सुरक्षाका विधिहरु अनिवार्य रुपमा अवलम्बन गर्दै सामाजिक दुरी कायम गरी आफू सुरक्षित भई आम नागरिकहरुलाई समेत यसको संक्रमणबाट बचाउन हर सम्भव लाग्नु पर्ने बताए ।

साथै उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त, सहज र सुरक्षित बनाई आम नागरिक प्रति उत्तरदायी भई आचरणयुक्त तथा उच्च प्रहरी व्यावसायिकता झल्किने गरी जनमूखी प्रहरी सेवा सम्पादन गर्न समेत निर्देशन दिएका छन् ।

भिडियो कन्फरेन्समार्फत ट्राफिक महाशाखा प्रमुखले महिनाको पहिलो साता मातहत युनिटलाई निर्देशन दिनुका साथै मातहतले गरेका कामको जाहेरी लिइने छ भने अन्तिम साता अन्तरक्रिया गरिने महाशाखाले जनाएको छ ।