‘फाटेको जुत्ता’सँगै मिसियो ‘धनवान’

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आए । चलचित्र हुन् ‘फाटेको जुत्ता’ र ‘धनवान’ । प्रचारप्रसार सहित प्रदर्शनमा आएको ‘फाटेको जुत्ता’सँग ‘धनवान’ अचानक जुध्न आएको हो ।

‘फाटेको जुत्ता’
सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ । ‘फाटेको जुत्ता’मा दयाहाङ राई र वर्षा राउत केमियो भूमिकामा छन् । चलचित्र अर्जुन कुमारले निर्माण गरेका हुन् ।

‘धनवान’
दुर्गा खड्काको निर्माण, ऋषि न्यौपानेको निर्देशन तथा मौनता श्रेष्ठको कथा लेखनमा तयार भएको चलचित्र हो । भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित (दाह्री बा) लगायतका कलाकारहरुको चलचित्र अभिनय छ ।