भियतनाममा शक्तिशाली आँधी,तीन जनाको मृत्यु

एजेन्सी । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचना पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएको भियतनामको […]

पश्चिम बङ्गाल र केरलाबाट अल कायदासम्वद्ध ९ व्यक्ति पक्राउ

एजेन्सी । भारतको आतंकवादविरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । एनआईएले नौ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ । एनआईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान सबेरै एनआईएले […]

अब सिनेमा हलमा ७५ प्रतिशत दर्शक राख्न पाइने

एजेन्सी । चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ । यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सिमित दर्शक राखी सञ्चालन गर्ने […]

रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड जितेका

एजेन्सी– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक यो अवार्ड जितेका हुन् । रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए । ३५ वर्षीय रोनाल्डोले २०१९ […]

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नजिक

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नजिक पुगेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार भारतमा ९२ हजार ७५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ […]

कोभिड–१९ कै बीच‘‘द वाइफ’को छायांकन सकियो

एजेन्सी । कोरोना महामारीका कारण लामो समयको विश्रामपछि विभिन्‍न देशका कलाकारहरु विस्तारै छायांकनमा फर्किन थालेका छन् । लकडाउनका कारण स्थगित भएका चलचित्र, टेलिभिजन श्रृङ्खलाहरु पनि विस्तारै छायांकनमा फर्किन थालेका छन्, तर कुनै पनि चलचित्रको छायांकन सकिएको थिएन । यसैबीच अभिनेता गुरमित चौधरी अभिनित ‘द वाइफ’ कोरोना महामारीकाबीच छायांकन सक्‍ने पहिलो चलचित्र बनेको छ । लकडाउनका […]

स्टोक सिटीसँग वुल्भ्स १–० गोलले पराजित

एजेन्सी । कारावाओ कप फुटबलमा स्कोट सिटीसँग वुल्भ्स पराजति भएको छ । बिहीबार राति भएको खेलमा वुल्भ्स सिटीसँग १–० गोलले पराजति भएको हो । वुल्भ्सको घरेलु मैदनमा भएको खेलको पहिला हाफ गोलरहित बराबरीमा सकिदाँ सिटीले दोस्रो हाफमा अग्रता लिएको थियो । सिटिको जितका लागि खेलको एक मात्र निर्णायक गोल ज्याकोव ब्रुवनले गरे । ब्रुवनले खेलको […]

एकैदिन विश्वभर कोरोनाले ६ हजारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ६ हजार ५७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ५२० कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३७ हजार ३९१ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ […]

दुई तीन हप्तामै कोरोनाको खोप आउँछ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना सम्बन्धी जानकारीमा आफ्नै प्रशासनका स्वास्थ्य प्रमुखको भनाइलाई खण्डन गर्दै दुई तीन हप्ता भित्रै खोप सबैका लागि उपलब्ध भइसक्ने बताएका हुन् । उनले संक्रमणबाट जोगिन लगाउने मास्क र खोप बजारमा आउने समयबारे, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सिडीसीका प्रमुख डाक्टर रोबर्ट रेडफिल्ड भन्दा फरक वक्तव्य दिँदै […]

तालिवान र अफगान सेनाबीच झडप हुँदा ५४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा भएका झडपमा कम्तीमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं तालिवान लडाकुहरू घाइते भएका छन्। अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता भइरहेका बेला दुवै पक्षबीच ठूलो भिडन्त भएको हो। प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले […]