वैदेशिक रोजगारीबाट अभिशप्त रुमको बेली गाउँ

धु्रबसागर शर्मा, – म्याग्दीको मालिका गाउँपालिका–२ रुम बेलीका गाउँलेले आशौच बारेर बसेका छन् । एक साताअघि रुम बेली गाउँका २८ वर्र्षीय धर्मलाल रोकाको शव मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिपमा बाकसभित्र राखेर गाउँमा ल्याई अन्त्येष्टि गरियो । मलेशियामा सुतेकै अवस्थामा मृत्यु भएपछि रोकाको शव गाउँमा ल्याइएको हो । एक दशकअघि उनका दुई जना सहोदर दाइ […]

मलेसियामा मृत्यु भएका खड्काको परिवारले क्षतिपूर्ति पाएनन्

मीना घोरसाइने, काठमाडौं– ‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।’ यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने । […]

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

अमेरिका – उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् । युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको […]

दुतावासले सहयोग नगर्दा मलेशियामै रोकियो परियारको शव

म्याग्दी– रोजगारीका लागि मलेशियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ ।गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु सुनिल परियारले जानकारी दिए । ‘कम्पनीले […]

मलेसिया जाने कामदारको संख्या फेरि बढ्यो

काठमाडौं (पास)– गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ‘विकसित मुलुकमा […]

शब्दहरुलाई मदिरा बनाई होस गुमाउँछु

सोतिबारिको सानू गोरेटोबाट सुटुक्क निस्किएका कहिले कान्छी दिदीको भट्टीबाट कहिले सुबिदार्नी अजिको सानू छिँडीबाट मन्द मुस्क्कानमा राता आँखा पार्दै कविताका हरफ सङ्गै भेटिएका ए मेरा गुरुदेब प्रकाश खनाल ! भन म तिम्रा शब्दमा कति प्यासी छु, तिमी कबिताको मदिरा पिउँछौ म तिम्रा शब्द ले प्यास मेटाउछु तिम्रो पिउने मदिरा मा भक्ते लाई मर्चा बनाउछौ जयनिधी […]

‘चमैता’ तिमिलाई भेट्न म छिट्टै आउँदैछु

कुरो ०४४/४५ को हो । मेरो जन्मघर चमैता–२, मैदाने (देउमाई नगरपालिका–०१) । म कडा परिवारको केटो हुँ । जब मेरो पढाई कमलदेवी बाट सकिएर नि.मा.वि. का लागि डम्बरदेवी चमैताको यात्रा शुरु भो (२०४४/२०४५) । स्कुले जिवन एक रमाइलो नै हुन्छ र थियो पनि । घरबाट स्कुल जाँदा ४ ओट स–साना खोला हरु छन् । २०४४ […]

सिरियामा सेनाको विमान दुर्घटना, ३९ को मृत्यु

काठमाडौं – रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ ।रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार माध्यमहरुले रसियन एएन–२६ मिलिटरी ट्रान्सपोर्ट प्लेन सिरियाको लताकिया राज्यस्थित हेमिम एयरबेसमा अवतरणका क्रममा दुर्घटना भएको जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये ३३ जना रसियन आर्मी र ६ जना चालक दलका सदस्य […]

नवौँ कोरियाली भाषा परीक्षा जेठ अन्तिम साता

काठमाडौं– नवौँ कोरियाली भाषा परीक्षा आगामी जेठ अन्तिम साता सञ्चालन हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष नेपालका लागि करिब ७ हजार कोटा छुट्टयाएपछि आगामी जेठको अन्तिम साता परीक्षा सञ्चालन हुने भएको हो । इपिएस कोरिया शाखाका अनुसार कोरिया जान इच्छुकले फागुन महिनाको अन्तिममा परीक्षाको सूचना प्रकाशित भएपछि चैतको […]

सिरियामा जारी हमला दैनिक पाँच घन्टा रोक्न रुसका राष्ट्रपतिको निर्देशन

काठमाडौं– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला तत्काल रोक्न निर्देशन दिएका छन् ।राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण रोक्न निर्देशन दिएका हुन् । अब सिरियामा स्थानीय समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आक्रमण नहुने रुसी रक्षामन्त्री सर्गेयु सोएगुले जानकारी दिएका छन् ।रुसी सहयोग पाएको सिरियाली सरकारले विद्रोही नियन्त्रित […]