२४ घण्टामा कोरोनाबाट थप १८ को मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११२६ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार थप १७९८ जना निको समेत भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित १ लाख ९७ हजार २४ जना हुँदा १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।