साम्राज्ञी अब ‘तिमि सँग’ मा

काठमाडौं–अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिमी सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणाद्वारा निर्माण र निर्देशन गरिएको चलचित्रमा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठस“ग रोमान्स गरेकी छन् । ३० चैत रिलिज हुने ‘तिमी सँग’मा प्रमोद कार्कीको छायांकन, वनिशविक्रम शाहरमिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जी र दीपक पाठक र रिदम कँडेलको संगीत रहेको छ ।