परदेशी नेपालीहरुको यथार्थ पिडा बोल्ने मर्मस्पर्शी गीत ‘मुग्लान पारी’ सार्वजनिक (भिडियोसिहत)

आमा हजुरको च्यातिएको चोली फेर्ने,
राती सुत्दा आकाशको तारा देखिने घरको छानो फेर्ने,
र ती लाला–बालाको पेटको भोक मेटाउने,
यी अनेक इच्छाहरु लिएर ति दशै ,ती तिहार अनि ती साथी संगीहरुलाइ चट्क्कै छाडेर,
यी खाडीका ताता घामहरुमा यसरी पसिना बगाउनुको पिडा म हरुलाइ कसरी ब्यक्त गरम आमा,
हजुरलाइ कसरी ब्यक्त गरम आमा

 

काठमाडौं । बाध्यताले बिदेशीनु परेको पिडा र विदेशको तातो घाममा पसिना बगाएर रहेक रात दिन रगत बेचेर पनि चाड-पर्वमा आफ्नै देश फर्कन नपाउदा,आफ्नो परिवार संग चाड–पर्व मनाउन नपाउदाको पिडा विदेशीयका सम्पुर्ण नेपालीहरुलाइ थाहानै छ ।

यही बिदेशीयका नेपालीहरुको पिडा बोकेको बाँसुरी बादक तथा गायक रत्न बि.कको मर्मस्पर्शी गीत ‘मुग्लान पारी’ भिडियोसहित बजारमा आएको छ । हामी गरिब देशमा जन्मीएका नेपालीहरुको बिदेशीनु रहर हैन एउटा बाध्यता हो । कयौं वर्ष,बिना आमा,बिना श्रीमती र बिना बाल बच्चा परदेशको तातो घाममा खाली पेट,आखाबाट आसु झार्दै ,पसिना बगाउदै बगाउदै चाड पर्व नमनाउदै बित्छ । 

रहर सबैलाइ हुन्छ आफ्नो परिवारसगं बसेर हरेक दुःख सुख साटा–साट गर्दै चाड पर्व मनाउने तर के गर्ने अर्काे पटि साउ छ जस्को बिदेश आउदा घर जग्गा धितो राखेर रिन लिएर आएको छ । गीतमा शब्द चर्चित सर्जक हुम गैरेको रहेको छ भने कमला बि.सिको संगीत र रत्न बि.कको एरेन्ज तथा स्वरे रहेको छ । 

भिडियोमा बरिष्ठ रंगकर्मी रश्मी भट्ट चर्चित मोडल अञ्जली अधिकारी,चर्चित गायिका तथा मोडल टिका सानु वरिष्ठ कलाकार बसन्त बर्मा,भुवन चौलागाँइ र रत्न बि.कको अभिनय रहेको छ ।  भिडियोमा निर्देशन तथा सम्पादन हुम गैरेले गरेका छन भने भिडियोलाइ करण चैसिरले छायांकार गरेका छन् । राशिका सिङ्ग ,रिदम गन्धर्व , पुजा कडरा लगायत बाल कलाकारहरु अभिनय रहेको गीतको भिडियो रत्न बि.क को युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :