द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

काठमाडौं– द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान भएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंले कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रूपमा दक्षिण कोरिया पु¥याएको आरोपमा खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई शुक्रबार नै केन्द्रीय कारागार, सुन्धारामा पठाइएको छ । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको प्रहरीले […]

‘शत्रु गते’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं– हरिवंश आचार्यको ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ । आगामी ९ चैतदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।सामाजिक कथामा केन्द्रित फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्रमा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त लगानीमा निर्माण भएको […]

‘इन्काउन्टर गल्ली’ प्रदर्शनको तयारीमा

काठमाडौं– आगामी २ चैतमा ‘इन्काउन्टर गल्ली’ प्रदर्शनमा आउने भएको छ । राजन चौलागाईँद्वारा निर्मित फिल्मको रिलिज डेट निश्चित भएको हो । एनआर घिमिरेले निर्देशन गरेका चलचित्रमा गजित बिष्ट, नवराज राउत, श्वेता खड्का, राजन चौलागाईँ, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।खुसी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्म एक्सन प्रधान भएको बताइएको छ। ‘इन्काउन्टर […]

नेपालमा हुने सलमानको कार्यक्रम स्थगित

काठमाडौँ — बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। फागुन २६ गते शनिबार टुँडिखेलमा हुने ‘द ब्यांङ’ सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन आउन लागेका बलिउड अभिनेता सलमान खानको नेपाल आगमन स्थगित भएको हो । ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङका अनुसार ‘विशेष कारण’ले सलमान खानको नेपाल कार्यक्रम […]

सौगात पुन: चर्चामा

काठमाडौं– पछिल्लो समय एक फिल्ममार्फत्अभिनेता सौगात मल्ल फेरि चर्चामा छाएका छन् । लुट फिल्मबाट रातारात चर्चामा छाएका उनलाई अहिले एक फिल्मले सबैलाई आश्चर्यमा पारेको हो ।जुन फिल्मको नाम हो ‘पन्चेबाजा’ । यसअघिपनि लगातार पर्दामा आइरहेका उनलाई केही फिल्मले त्यति साथ दिएको थिएन । तर, अहिले उनलाई पन्चेबाजाले एकाएक चर्चामा ल्याएको छ ।  निर्देशक घनश्याम लामिछानेद्वारा निर्मित चलचित्रको कथाबस्तु सुहाउदो पन्चेबाजामा सौगातको […]

‘सुश्री सम्पत्ति’को छायांकन सुरु

काठमाडौं– ‘सुश्री सम्पत्ति’को छायांकन सुरु भएको छ । चलचित्रमा नायक सलोन बस्नेत र नायिका सारा सिपाली छिन् । मगंलबार पोखराको विन्ध्यवासिनी मन्दिरमा एक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गरिएको हो । सञ्चारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन् । कमेडी जनरामा निर्माण हुने फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशक आचार्यले बताए । फिल्ममा समावेश एउटा […]

‘कुटुमा कुटु’ को दर्शक झनै बढ्दै

काठमाडौं– ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको रेकर्ड राखेको छ । चलचित्र २ रूपैयाँको चर्चित गीतको दर्शक अझै बढ्दै छ । नेपाली संगीत क्षेत्रका लागि यो एउटा दुर्लभ कीर्तिमान हो ।यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो । यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रिय छ […]

चर्चित अभिनेत्री श्रीदेवीको निधन

मुम्बई– भारतीय चलचित्र जगत बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति निधन भएको दुःखद खबर छ ।श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति उनलाई हृदयाघात भएको परिवारिक स्रोतले जनाएको छ ।उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् । साथै यस निधनप्रति भारतका […]

दीपिकाले पाईन् ५०० रूपैयाँ

दीपिका पादुकोण अभिनित ‘पद्मावत’ विभिन्न विरोध र धम्की झेल्दै रिलिज भयो । रिलिजपछि फिल्मले वक्सअफिसमा लोभलाग्दो कमाइ गर्दै सफलताको झण्डा गाड्यो र हेर्नेजत्तिले दीपिकाको कामको खुलेर तारिफ गरे । यसरी खुसी हुनेमा फिल्मका निर्माता निर्देशक संजय लिला भन्साली पनि एक हुन् । उनले दीपिकाको कामबाट असाध्यै खुसी भएर उनलाई ५०० रूपैयाँको नोट प्रदान गरेका थिए […]

२३ चैतमा करिश्माको ‘हिरोज’

काठमाडौं– नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको यो फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ ।बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको फिल्ममा करिश्मासँगै जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, […]